कराचीको रिहासी इलाकामा दुर्घटना भयो पाकिस्तानी एयरलाइन्सको प्लेन १०७ जनाको मृत्यु भएको आशंका।
पाकिस्तान एयरलाइन्सको प्लेन पाकिस्तानको आबादी इलाकामा दुर्घटना भएको छ।पाकिस्तान international airline को फ्लाइट लाहौर बाट कराची आउदै गर्दा दुर्घटनाको सिकार भएको हो।
कराचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा लैड गर्ने समयमा ९१ जना यात्रुसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (PIA) को विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भयो। स्रोतका अनुसार पीके ८३०३ विमान लाहौरको अल्लामा इकबाल अन्तर्राष्ट्रिय एयरपोर्टबाट उडानमा उत्रियो र एयरपोर्टबाट ४ किलोमिटर टाढाको मोडेल कलोनीमा दुर्घटना ग्रस्त भयो। भीडभाड क्षेत्रमा विमान दुर्घटनाका कारण धेरै आम नागरिकहरू मारिए, जसमा ९१ जना यात्रु, १६ भन्दा बढी साधारण नागरिकको पनि मृत्यु भएको आशंका छ।
धुवाँ दुर्घटना स्थलबाट देख्न सकिन्छ। कथित रूपमा, चार घर घटनामा क्षतिग्रस्त भएको जनाएको छ्।। सेना, रेंजर्स र पुलिस इकाईहरू घटनास्थल पुगेका छन्। जिन्नाले अस्पतालमा आपतकालिन घोषणा गरेको छ। कथित रूपमा दुई घाइतेलाई अस्पताल लगिएको छ।
समाचार लेखक:- मोङ्लिन सन्जिप राना मगर
ताजा ताजा खबरहरु पढ्नको लागि हामी सग निरन्तर Jodi रहनु होला।
0 टिप्पणियाँ