मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीस्थित मल्ल थर कि युवतीलाई लिन जाद गाउँले र ती युवाहरुको बीच झडप भएको प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी ४ का २१ उमेरका युवा नवराज बि क कि प्रेमिकालाई लिन १९ जना युवाहरु मिलेर गएका थिए।त्यहीँ क्रममा गाउँले र उक्त युवा बिच झडपको क्रममा चौरजहारी नगरपालिका–१का (टीकाराम सुनार) र भेरी नगरपालिका–४ का (गणेश बुढाको)भेरी नगरपालिका–४ का (नवराज विक)कोो लाश फेला परेको छ । आइतबार सुनार र विकको शव भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ ।सनिवार देखि भेरी न.पा का गोपाल बुढाथोकी,लोकेन्द्र सुनार,सन्जु बि क अनि गोबिन्द साही बेपत्ता छ्न।
वडाध्यक्ष डम्बर मल्लसहित घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का स्थानीय १२ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम जनाएको छ्न।
घटनाका क्रममा घाइते भएका आशिष विक र सरोज भँडेलका अनुसार आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरेको बताएका छ्न । "हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् ।”
तपाईंलाई यो घटना बारे मनमा लगेको कुरा तल्लो कमेन्ट् box मा राख्नु होला। अहिलेसम्म समाजमा जातीय भेदभाव किन नहतेको होला??
0 टिप्पणियाँ